सामान्य लक्षणहरू

श्वाश फेर्न गाह्रो हुने ,केही बिरामीमा सिँगान बग्ने, गला दुख्ने, नाकमा रगत जम्मा हुने पनि गर्छ खोकी लाग्ने

image

कोरोना (COVID 19) को लागि ध्यान दिनु पर्ने कुराहरु !

लक्ष्यण हरु !

  • छाती वा ढाडमा निकै तातो अनुभव हुन्छ।
  • केही संक्रमितले भने स्वाद र गन्ध थाहा पाउने क्षमता गुमेको पनि बताउने गरेका छन्।
  • केही बिरामीमा सिँगान बग्ने, गला दुख्ने, नाकमा रगत जम्मा हुने पनि गर्छ
  • श्वाश फेर्न गाह्रो हुने
  • खोकी लाग्ने

गर्न हुने !

  • अक्सिजनको स्तर ९२% भन्दा कम भएमा चिकित्सकसँग परामर्श लिने – कोभिड सम्बन्धि परामर्शका लागि ११३३ वा १११५ डायल गर्नुहोश !
  • होम आइसोलेसनमा बस्दा दिनमा ३-४ पटक अक्सिनजको स्तर नाप्नुहोस्, झ्याल खुला राख्नुहोस्, आराम गर्नुहोस् र पोषिलो तथा झोलिलो खानेकुरा खानुहोस्
  • बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
  • भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।
  • खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

गर्न न हुने !

  • यो रोगलाई कुनै स्थान वा जाति विशेष सँग नजोड्नुहोस्। याद राख्नुहोस्: भाइरसले कुनै एक जनसंख्या, समुदाय वा जातिलाई मात्र आक्रमण गर्दैन ।
  • कोभिड-१९ को संक्रमण भएका व्यक्तिलाई ‘कोभिड-१९ को केस’ वा ‘कोभिड-१९ पिडित’ भनेर नभन्नुहोस्।
  • कसैले “कोभिड-१९ संक्रमण गराएको”, “कोभिड-१९ सारेको” वा “कोभिड-१९ फैलाएको” भनेर नभन्नुहोस् किनभने त्यसो भन्दा उनीहरूले नियतवश संक्रमण फैलाएको तथा यो उनीहरूको दोष भएको ईकित गर्दछ।
  • अपुष्ट हल्लालाई नदोहोर्याउनुहोस् तथा थप नफैलाउनुहोस्, र “महामारी”, “विश्व-विनास” जस्ता त्रास फैलाउनसक्ने अतिशयोक्तिपूर्ण शब्दहरूको प्रयोग गर्नुहोस्।

आवश्यक स्वास्थ्य सेवाहरू !

कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ ?

कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ। सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।

कोरोनाभाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने ?

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षण हुन्। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ।

कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति छ?

चिकित्साशास्त्रको जर्नल 'द लान्सिट इन्फेक्शस डिजीजेज'मा प्रकाशित एउटा अध्ययनले सङ्क्रमण भएका व्यक्तिमध्ये झन्डै ०.६६ प्रतिशतको मृत्यु हुने अनुमान गरेको छ।

के मास्क र पन्जा उपयोगी छन्?

सामान्य मास्क धेरै खुकुला हुन्छन् र तिनले आँखा छोप्न पनि मिल्दैन। अनि त्यस्ता मास्क लामो समयसम्म लाउन मिल्दैन। मास्कले सङ्क्रमण हुन नदिने सुनिश्चित नगरे पनि सङ्क्रमित व्यक्तिले लगाउँदा मास्कले खोक्दा वा हाछ्युँ गर्दा उत्सर्जन हुने छिटा धेरै मात्रामा रोकिदिन्छ।

जानकारी का लागि

  • नोभल कोरोना भाइरस के हो?

    नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो। कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।

  • संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ। कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड-१९ भाइरस जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।

  • ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन्। जटिल अवस्थामा यसको संक्रमणले निमोनीया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ।

  • नियमित रुपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जिवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस्।

  • तपाईं आफु वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। आफु कोभिड-१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहि सँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुहोस्।